सुपर पोलिन, स्वीस टेक्नोलोजिबाट प्रमाणित बिशेष खालको त्रिपाल हो । जुन असाध्यै बलियो र हलुका छ । पानी प्रतिरोधी साथै चर्को घाम पनि खप्नसक्ने र साधारण घस्राइबाट नच्यातिने खालको छ । यसमा प्लाष्टिकका अनेकौ रेशाहरुले बुनिएको र एउटा रेशामाथि अर्को खप्टिएर चिसोतातो लेमिनेशनको बिधिद्धारा दोहोरो बुनिएको छ । ब्राण्ड ट्यागलाइनले संकेत गरे अनुसार, “दोहोरो लेमिनेटेडको त्रिपालको सुपरहिरो” यो दोहोरो लेमिनेटेड पातलो तहले बनेको असाध्यै बलियो छ । तुलनात्मक रुपमा अरु प्लाष्टिकबाट बनेका भन्दा वजन र बाक्लोपनको हिसाबले यो बढी लचिलो, टिकाउ छ । सुपरपोलिन बिशेष गुण भएको त्रिपाल हो ।

सुपरपोलिन, जस्तो दोहोरो लेमिनेटेड त्रिपालको लागि शिवम् प्लाष्टिक उद्योग प्रा लि नेपालको एक मात्र निर्माता हो । एक मजबुत आवरणको क्यान्भास भएको, उद्योगहरुमा प्याकेजिङको लागि सुपरपोलिन धेरै काममा प्रयोग गरिएको छ । जस्तैः सामान प्याकिङ गर्ने र सामान छोप्ने कामको लागि, ग्रिन हाउसमा टेन्ट र टनेलको लागि, कृषिमा, बागवानीमा, सिभिल र निर्माणमा । नच्यातिकन चारैतिर राम्ररी तन्कने शक्ति भएको र बलियो सन्तुलनमा रहने बिशेष प्रक्रियाबाट सुपरपोलिनको निर्माण भएको छ । दुर्घटनाबस च्यातिए वा प्वाल परे त्यो त्रिपाल प्रचलनमा ल्याउँदैन । थप, एकदमै तन्काउन सकिने र बढी लचकदार भएकाले बिग्रिएको ठाउँमा फेब्रिकको सहायताले बनाउन मद्दत गर्छ । त्यसैले, आकार नमिलेको र बाङ्गोटिङ्गो लाई पनि अनुकुलता अनुसारका सामान बढाउन मिल्छ । तोकिएको मानकको उपलब्ध निर्देशन अनुसार घामबाट जोगाउने त्रिपालहरु पोखरीमा बिछ्याउन, पोल्ट्रीहरु बनाउन र लहरी ट्रकहरु ढाक्नेजस्ता अनेकन प्रयोजनका लागि पनि उपलब्ध छन ।

चलनचल्तीका विभिन्न ढाँचा र आकारमा सुपरपोलिन उपलब्ध छ । कार्पेटको रुपमा प्रयोग गर्न सकिन्छ । सजिलोको लागि टुक्रा र रोलको आकारमा पनि उपलब्ध छन । ग्राहकको चाहना र रोजाइ अनुसार यी उत्पादनहरु फरकफरक लम्बाइ, बिभिन्न रंग र बिभिन्न गुणस्तरमा (जि. एस. एम.– ग्राम प्रति वर्गमिटर) रहेका छन । एचडिपिइ फेब्रिकको सट्टा यो उत्तम विकल्प हो । सामान्यतया अन्य चीजहरु ढाक्ने प्रयोजनका लागि पनि पोलिथिनका टुक्रा प्रयोग गर्न सकिन्छ । एकअर्काे धागोलाई बाङ्गोटिङ्गो पारि खप्टाएर बुनेको हुनाले मजबुद र हतपत नच्यातिने खालको छ ।

विशेषताहरू:

    • सम्हाल्नका लागि हलुका, छाम्दा मुलायम र दह्रो
    • ज्यादा बलियो र बढी टिकाउ बनाउनका लागि दोहोरो लेमिनेसन गरिएको
    • टाका नगरिएको र नखुटिएको सिउनी
    • हतपत नच्यातिने, नखुइलिने, नकोरिने स्थायित्व भएको
    • छेडिने, च्यातिनबाट जोगाउने उच्च डार्ट स्ट्रेन्थ भएको
    • साधारण घस्राइबाट नच्यातिने,
    • जस्तोसुकै जलवायुलाई पनि थेग्न सक्ने
    • नफाटुञ्जेलसम्म शतप्रतिशत वाटरफ्रूफ
    • ओसलाई गतिलोसँग रोक्न सक्ने
    • अल्ट्राभ्वाइलेट विकिरण रोक्न सक्ने
    • धेरैजसो केमिकलहर अल्कालि, एसिडले असर नगर्ने
  • बलियोसँग जोडिएको
  • असाध्यै बलियो गरेर प्लाष्टिकको टाँका या आलमुनियमको टाँका लगाइएको
  • शतप्रतिशत प्रशोधन गर्न सकिने
  • जस्तोसुकै आकार प्रकारको सामानलाई छोप्ने सुविधा भएको
  • उत्पादित सामानलाई सुपरपोलिनले प्याकिङ गर्दा आकर्षक देखिने
  • हलुका वजनले यसलाई सम्हाल्न, यताउता गर्न र अन्यत्र प्रयोग गर्न एकदमै सजिलो
  • मोटाइका भिन्नताहरु +÷– ५% भएको
  • बिभिन्न रंग र पूर्ण आकारमा उपलब्ध
  • स्वीस टेक्नोलोजिमा बनेको

प्रयोगः

कृषि
कृषि
सिभिल इन्जिनियरिङ र निर्माण
सिभिल इन्जिनियरिङ र निर्माण
प्याकेजिङमा प्रयोग
प्याकेजिङमा प्रयोग
औद्योगिक तथा यातायातमा सामान छोपेका
औद्योगिक तथा यातायातमा सामान छोपेका
केहि उदाहरणहरु